FAQs Complain Problems

वडा नं १ को प्रोफायल

जनसंख्या(२०६८):

जम्मा: २१६१, पुरुष: १०३४, महिला: ११२७

विद्यालय (सरकारी/ सामुदायिक):

  • श्री शिक्षा निकेतन औतारी मा.वि.
  • श्री शिक्षा ज्योती मा.वि., चौतारा
  • श्री सावित्री आ.वि., पुङ्खानी
  • श्री पञ्चकन्या प्रा.वि. मैनाटार
  • श्री सदन प्रा.वि.

धार्मिक पर्यटकीय स्थलहरुको नाम:

  • कण्या औतारी मन्दिर
  • शिव मन्दिर (तिजे मेला)
  • होङमाथान मन्दिर
  • देविस्थान मन्दिर
  • बागेश्वरी मन्दिर
  • नागेश्वरी मन्दिर
  • पुङ्खानी देविस्थान
  • देविस्थान औतारी
  • पन्चकन्या मन्दिर

पर्यटकीय क्षेत्र:

  • बागेश्वरी
  • पञ्चकन्या मैनाटर

क्लबहरुको नाम:

  • सहलक्ष्मी आमा समुह
  • नमुना आमा समुह

मुख्य सडकहरुको विवरण:

  • पैयाटार फेदी मूल सडक
  • पौवा बकुल्ला शाखा सडक
  • पौवारिल्ला सडक
  • फेदी पाण्डेगाउँ मैनाटार कुटिटार पुङखानी मखुवा खोला
  • पौवा कतिवन ग्रामिण कृषि सडक निर्माण
Ward Contact Number: 
९७४३०५९९९९

सन्क्षित परिचय

खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा  पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ। यसको कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १५,४४४ रहेको छ।विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ। भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाडपर्वहरू मनाउने भएता पनि साकेला, छोङ्खा चण्डी, दशै तिहार, तिज आदि चाडपर्वहरुको
बिशेष महत्व हुने गर्दछ। यस गाउँपालिकाका प्रमुख धार्मिक स्थलहरुमा जन्तेढुङ्गा, देविस्थान, चण्डिथान, भानुमति आदि प्रसिद्ध धार्मिक स्थलहरु रहेका छन्। पर्यटकीय नगरीका रुपमा विकास गर्न सक्ने यस गाउँपालिकामा जन्तेढुङ्गामा, भञ्ज्याङखर्क, चण्डिथान, भानुमति आदि रमणिय स्थानहरु रहेक छन्।