खोटाङ जिल्लाको दक्षिणी भेगमा अवस्थित यस जन्तेढुङ्गा गाउँपालिका सदरमुकाम दिक्तेलबाट करिब १८ कोष दक्षिण पश्चिम तथा पूर्वमा आमचोक गाउँपालिका (भोजपुर), दक्षिणमा चौदण्डीगढी नगरपालिका (उदयपुर), पश्चिममा बराहपोखरी गाउँपालिका (खोटाङ) र उत्तरमा खोटेहाङ गाउँपालिका (खोटाङ) को बिचमा अवस्थित छ। यस गाउँपालिकाको कुल क्षेत्र फल १२८.६२ स्क्वायर किलोमिटर रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १५,४४४ रहेको छ।विविध जातजाती, भाषाभाषी र विभिन्न धर्मालम्वीहरु रहेको यस गाउँपालिकामा राई जातीको बाहुल्यता रहेको पाइन्छ। भिन्न भिन्न जातीले आ-आफ्नै धर्म तथा संस्कृत अनुसार फरक फरक किसिमका चाड